पतिको मृत्यु भएको भन्ने झुटो खबर पाएपछि ७ महिनाकी गर्भवतीले ४ तलाबाट हाम्फालिन्, शवबाट २ वटा जुम्ल्याहा बच्चा निस्किए

निमोनियाले पीडित भएर पति अस्पतालमा भर्ना भएपछि पत्निले एक निर्माणाधीन भवनको चौथो तलाबाट हाम्फालेकी छिन् । घटना हो भारतको । भारतको भोपालकी ति महिलालदे अग्लो भवनबाट हाम फाले लगत्तै गायत्रिलाई अस्पताल पुर्याइएको थियो । गायत्री महिला गर्भवती समेत थिइन् । भारतीय मिडियाका अनुसार निमोनियाले पीडित भएर अस्पतालमा भर्ना भएका पति मनोजको हालत बिग्रिएको थाहा पाएपछि उनकी गर्भवती पत्नीले हाम्फालेको बताइउको छ । घटना लगत्तै उनलाई छिमेकीले उनलाई अस्पताल लिएर गएपनि उनको ज्यान गइसकेको थियो । तर उनले जुम्ल्याहा बच्चा जन्माइन् ।

तीन घण्टापछि दुवै नवजात शिशुले पनि आँखा नखोली ज्यान गुमाए । त्यसको केही समयपछि भेन्टिलेटरमा राखिएका पतिको पनि मृत्यु भयो । गायत्रिका माइतिका अनुसार पति मनोजको मृत्यु भइसकेको जस्तो लागेपछि उनले आत्महत्या गरेको बताइएको छ । ३७ वर्षका मनोज गोहे पत्नी गायत्रीसँग बस्थे । मनोजले कार फाइनान्सको काम गर्थे । यी दुईले १० वर्षअघि प्रेम विवाह गरेका थिए । १२ नोभेम्बरका दिन मनोज खोकी र ज्वरो आएपछि जाँच गराउन बंसल अस्पताल पुगेपछि उनी गम्भिर रोगसँग जुधेको थाहा भयो । गायत्रीको पेटमा ७ महिनाको गर्भ थियो त्यसैले मनोजले उनलाई अस्पताल नआउन भनेपछि उनले आत्महत्या गरेर प्राण त्यागेको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!