मदिरा बनाउने ३ सय ४० लिटर कच्चा पदार्थ नष्ट

भवानी अधिकारी

स्याङ्जा : पुतलीबजार नगरपालिका- १ अरौंदीमा ठूलो परिणामको घरेलु मदिरा (रक्सी) बनाउने कच्चा पदार्थ प्रहरीले मंगलबार दिउँसो नष्ट गरेको छ। सोही स्थानमा बस्ने सरिता राना, सन्जु सिंह, माया थापा र फुलमाया थापाले घरेलु मदिरा बनाउनका लागि तयार पारेको ३ सय ४० लीटर कच्चा पदार्थ प्रहरीले नियन्त्रणमा लिएर नष्ट पारेको हो।

प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीको कमाण्डमा गएको टोलीले ती घरेलु मदिरा निर्माण गर्ने कच्चा पदार्थ नष्ट गरेको प्रहरीले जनाएको छ। अरौंदी खोला किनारमा अस्थायी टहरा निर्माणगरी चार जनाले ४ वटा चुल्हो बनाएर मदिरा उत्पादन गर्दे आएको स्थानीयको खवरपाएपछि प्रहरीले दिउँसो छापा मारेर नष्ट गरेको हो।

घरेलु मदिरा उत्पादन कानुनीरुपमा अवैध भएको भन्दै नष्ट गरिएको प्रहरी उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए। नगरपालिकाभित्र संचालित अवैध घरेलु मदिरा उत्पादन कार्यलाई निरुत्साहित बनाउन प्रहरीले अभियान संचालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!