नयाँ प्रधानसेनापतिको कमालः नेपाली सेनामा भूइँचालो

काठमाण्डु, १४ मंसिर– नेपाली सेनाले सिपाही भर्नामा अनियमितता गर्ने ३ जना मेजर (सेनानी) सहित १ सय १२ सैनिकलाई बर्खास्त गरेको छ ।

पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही तथा भर्ना छनौटमा खटिएका ३ मेजर र ८ अन्य दर्जासहित १ सय १२ जना सैनिक बिहीबार बर्खास्त भएका हुन् । एक उपरथीका अनुसार नेपाली सेनाको इतिहासमा एकैपटक यतिधेरै सैनिक अधिकृत तथा जवान बर्खास्त भएको यो पहिलोपटक हो ।

सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले पैसा बुझाएर भर्ना भएका १०१ जना सिपाही र भर्ना छनौटका क्रममा रकम असुल्ने ३ मजेरसहित ११ सैनिकलाई बर्खास्त गरिएको जानकारी दिए । काठमाडौ टुडेबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!