मलेसियामा तामिलद्वारा नेपाली युवकलाई झुन्ड्याएर हत्या !

मलेसिया: जिल्ला सप्तरी गाउँ पालिका कटि बिस्नपुर ५ बस्ने सन्ति महतोको छोरा बर्ष २२ को लक्ष्मन महतो बैदेशिक रोजगारका लागि मलेसिया जोहर बारुको मोहार भने LF furniture कम्पनीमा कार्यरत लक्ष्मन महतोको त्यहाँका तामिलहरुले झुन्ड्याएर हत्या गरिएको अपुष्ट खबर लक्ष्मनकै गाउँले सत्रुधन महतोले सिधान्युजलाई जानकारी दिएको छ।

यो घटना कसरि र कसले गर्यो या त आत्महत्या हो भन्नेबारे मलेसियन प्रहरीले आवश्यक छानविन प्रक्रिया सुरु गरिसकेको छ। शवलाई अहिले नजिकैको हस्पिटलमा राखिएको छ।

उक्त घटना झट्ट हेर्दा आत्महत्या जस्तो लागेपनि मृतक साथीको भनाइ अनुसार मलेसियन तामिलहरुले उनलाई झुन्ड्याएर हत्या गरेको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!