मिस वल्र्ड हेड टु हेड च्यालेन्ज : शृंखलालाई पछि पार्दै सिंगापुरका भेनिसा टप ३० मा (भिडियो)

काठमाडौं। मिस वल्र्डको हेड टु हेड च्यालेन्जको पहिलो राउण्डमा समूह विजेता बनेका शृंखला खतिवडा दोस्रो चरणमा सिंगापुरका भेनिसा पेहसंगको प्रतिष्पर्धामा पछि परिन । हेड टु हेडको दोस्रो चरणमा सिंगापुरका भेनिसा पेह विजेता बनेका हुन् । दोस्रो चरणमा शृंखला खतिवडा र सिंगापुरका भेनिसा पेहबीच प्रतिष्पर्धा भएको थियो ।

९० सेकेण्डको सममा ब्युटी विथ प्रपोज प्रोजेक्टको रुपमा श्रृंखलाले मकवानपुरको एक दुर्गम चेपाङ्ग गाउँमा सुरु गरेको अभियानका बारेमा बोलेकी थिइन्। त्यहाका बासिन्दा शिक्षा स्वास्थ्यका बारेमा उनले आफ्नो अभिव्यक्ति दिएकी थिइन् । उनको जवाफको मिस वल्र्ड २०१३ मेगान योङ, मिस वल्र्ड २०१६ स्टेफनी डेल भले र मिस वल्र्ड २०१७ मानुषी छिल्लरको मूल्यांकन गरेका थिए। सिंगापुरका भेनिसा पेह विजेता बने संगै टप ३० मा स्थान सुरक्षित भएकी हुन् । साथै इन्डिया,युगान्डा, सिंगापुर,म्याक्सिको,थाईल्याण्डको प्रतिष्पर्धीहरु टप ३०मा पुग्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!