उदयपुर, मंसिर ७ – उदयपुरमा प्रहरीले गाँजा खेती विरुद्धको अभियान फेरि सुरु गरेको छ । गाँजा खेती हुने पहाडी गाविसहरुलाई प्रहरीले विशेष निगरानीमा राखी गाँजा नष्ट गर्ने कार्य सुरु गरेको हो ।
प्रहरी निरीक्षक चन्द्र राजवंशीको कमाण्डमा खटिएको टोलीले ताप्ली गाउँपालिकाको वडा नं. २ र ३ का लेखगाउँ, कंकुवा र अन्य स्थानमा गरी जम्मा १७ रोपनी जग्गाको तयारी अवस्थाको गाँजा जलाएर नष्ट गरेको हो ।
ताप्ली गाउँपालिकाको लेखगाउँको विकट कंकुवा गाउँमा खेती गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको गाँजा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्