नेपाली चेलीले विदेशमा भोग्नुपरेको दर्दनाक यर्थाथ, भिडियोमा हेर्नुहोस्

काठमाडौँ – उदयमान नवगायक तथा समाजसेवी जितेन बान्तावा राईको स्वरमा रहेको “नजाउ चेली विदेश” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यो गीतको म्युजिक भिडियोमा लामो समय देखि ससक्त कलम चलाउदै आउनु भएकी संगीता बायुङ्ग राईको शब्द रचनालाई गायक जितेन बान्तवा राई आफैले संगीत भरेका छन् । उक्त गीतको एरेन्ज पावल चाम्लिङ राईको रहेको छ भने भिडियोको निर्देशन पनि पावल चाम्लिङकै रहेको छ । र उक्त गीतको भिडियोमा चर्चित कलाकार सूरवीर पण्डित, शकु शाह र अल्विनले अभिनय रहेको छ ।

यो गीतको साथै परिकल्पना पनि जितेनको आफ्नै रहेको छ । यो गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले कैद गरेका हुन् भने निशान घिमिरेले यस्को सम्पादन गरेका हुन् ।उक्त गीतले प्रबाश जाने नेपालि चेलीलाई संदेश र प्रबाशमा रहेका चेलीहरुको पिडामा आधारित रहेको छ । जुन गितको भिडियो यो लिंकमा रहेको छ

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!