छोरीहरु छोडेर आमा बेपत्ता भएपछी छोरीहरुको रुवाबासी, बुबाको यस्तो अपिल

काठमाडौँ । आफ्नो नाबालक छोरीहरुलाई छोडेर एक निर्दयी आमा घरबाट हिडेको खबर आएको छ । उदयपुरको गाईघाट चौदंडीगडी नगरपालिका १० का स्थायीबासी भेषराज राई आफ्नो श्रीमतीको खोजी गर्दै समाजसेवी जितेन राईको सम्पर्कमा आएपछि यो घटना बाहिर आएको हो । १२-१३ वर्षको बैबाहिक जीवनलाई आफ्नो सन्तानको माया चटक्कै मारेर श्रीमती सर्मिला राई हिड्दा श्रीमान भेषराज राई निकै भाबुक भएका छन् । श्रीमती आफ्नै माइतीबाट गत आइतबार एकाएक गायव भएकी हुन् । श्रीमानका अनुसार उनि भारतमा हुन सक्ने बताइएको छ ।

भेषराज राईले सबैलाई यो भिडियो शेयर गरेर उहाको श्रीमतीसम्म पुराउन अनुरोध पनि गर्नु भएको छ । आफ्नो छोरीहरुको बेहाल देखेर उहाको आखाभरि आशु पार्दै कम्तिमा छोरीहरुको लागी घर फर्कन उहाले बिन्ति गरेका छन् ।

तल आमाको यादमा तड्पिएका छोरीहरु र श्रीमानको अपिल हेर्न सक्नु हुनेछ :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!