विवाह सकिनासाथ कोठेवालीको भूमिकामा प्रियंका चोपडा

मुम्बई । भर्खरै विवाह बन्धनमा बाँधिएकी नायिका प्रिंयका चोपडा छिट्टै कोठेवालीको भूमिकामा देखिने भएकी छन्। निक जोनसँगको विवाह बन्धनमा बाँधिएकी प्रिंयका विवाहबाट विश्राम लिन नपाउँदै चलचित्र  ‘द स्काई इज पिंक’को सुटिङमा व्यस्त हुने भएकी हसन्।

विवाहको भव्य प्रबन्ध मिलाइएको भन्दै उपस्थित पाहुनाको चर्चा पाईरहेकी प्रियंकाले अर्के तर्फ विवाहमा हात्ति घोडाको प्रयोग गरेको भन्दै आरोप पनि खेप्नु परेको छ।

चलचित्र  ‘द स्काई इज पिंक’ यौन व्यवसाय सञ्चालक गंगुबाई कोठेवालीको जिन्दगीमा आधारित हुनेछ । गंगुबाई यौनकर्मीको अधिकारको वकालत गर्ने महिला हुन्। चलचित्रमा प्रिंयकाले गंगुबाईको भूमिका निभाउने भनिएपनि यस विषयमा प्रिंयकाले कुनै प्रतिक्रिया नदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

बताइएअनुसार सञ्जयलीला भन्सालीको नयाँ चलचित्र ‘हीरा मण्डी’मा पनि  प्रियंका चाँडै नै अभिनय गर्दैछिन्। उनको यो चलचित्र  सञ्जयलीला भन्सालीसँग दोस्रो सहकार्य हुनेछ। किनकी उनले सञ्जयको चलचित्र ‘बाजीराव मस्तानी’मा पहिले नै अभिनय गरिसकेकी छिन्। –डिसी नेपाल बाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!