उत्तर कोरियाको सेनामा बलात्कार र महिनावारी

बीबीसी।  उत्तर कोरियाकी एक पूर्व महिला सैनिकले सनसरी खुलासा गरेकी छन्। विश्वको सबैभन्दा धेरै सेना भएको मुलुकको चौथो नम्बरमा रहेको उत्तर कोरियामा महिला सैनिकको अवस्था निकै जटिल गरेको छ। अधिकांश महिला सदस्यको महिनावारी समयभन्दा पहिला नै रोकिने गरेको खुलासा भएको हो।

पूर्व महिला सैनिक ली  सो येआनका अनुसार उत्तर कोरियामा महिला सैनिकमाथि बलात्कार सामान्य हो। उनी १० वर्षसम्म यस्तो कोठामा बसिन् जहाँ अन्य दर्जनौं महिला पनि बस्थे। प्रत्येक महिलालाई एउटा दराज दिइएको थियो, जसमा तस्वीर टाँस्ने अनुमति थियो। त्यो दराजमा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ र वर्तमान नेता किम जोङ उनको फोटो लगाुनपथ्र्यो।
यद्यपी ली सो येआनले उत्तर कोरिया छोडेको दश वर्ष भइसकेको छ। तर त्यहाँ भोगेको आफ्ना पीडा उनको मानसपटलमा अझै पनि ताजै छ।

‘भुसको ओछ्यानमा हामी सुत्थ्यौं, त्यही भएर पसिनाको गन्ध धेरै आउँथ्यो,’ उनले भनिन्। नुहाउने र धुने व्यवस्था नभएका कारण गन्ध आउनु स्वाभाविक भएको उनको भनाइ छ। उनले एक महिलाका रुपमा राम्रोसँग सुत्न नपाउने सबैभन्दा ठूलो समस्या हुने गरेको उनले जनाइन्। उनका अनुसार तातो पानीको व्यवस्था हुँदन थियो। पहाडको झरनाबाट एउटा पाइप जोडेर ल्याएको चिसो पानीमा नुहाउनु पथ्र्यो। सो पानीबाट कहिले काँही भ्यागुता र सर्प पनि निस्किने गरेको उनले जनाइन्।

४१ वर्षीया सो येआन, विश्वविद्यालयकी प्रोफेसरकी छोरी हुन्। उनी देशको उत्तरी भागमा जन्मिएर हुर्किएकी हुन्।
उनको परिवारका अधिकांश सदस्य सैनिक थिए। १९९० को दशकमा भएको विनाशकारी अनिकालबाट बच्न उनीहरु सेनामा भर्ना भएका थिए। त्यो बेला हजारौं महिला सैनिकमा भर्ना भएका थिए।

‘नर्थ कोरियाज हिडेन रिभोल्युशन’ कितावकी लेखिका जिउन बेक भन्छिन्, ‘अनिकालका कारण उत्तर कोरियाका महिलाकालागि झन ठूलो समस्या उत्पन्न भएको थियो। महिलाले मजदुरी गर्नुपर्ने भयो र उनीहरुले नराम्रो व्यवाहरको पनि सामना गर्नुपर्यो। विशेषगरी उत्पीडन र यौन हिंसाको शिकार हुनुपर्यो।’

यद्यपी त्यो बेला १७ वर्षीया ली सो येआनले आफ्नो सैन्य जीवनको मजा लिइन्। उनी आफ्नो कपाल छोटो बनाउँदा निकै खुशी थिइन्।
महिला र पुरुष सैनिकले गर्नुपर्ने काम करिव करिव उस्तै हुन्थे। महिलाहरुले शारीरिक अभ्यास केही कम गर्नुपथ्र्यो।

तर उनीहरुले सरसफाइ र खाना बनाउने जस्ता काम गर्नुपथ्र्यो। जवकि पुरुष सैनिकले त्यो काम गर्नु पर्दैनथ्यो। ‘नर्थ कोरिया इन १०० क्वेशचन्स’ कि लेखिका जुलियट मोरिलाट भन्छिन्, पारम्परिक रुपमा उत्तर कोरिया पुरुष प्रधान मुलुक हो। र यो अहिले पनि कायमै छ।’

उनका अनुसार महिलाहरुमाथि किचनको जिम्मेवारी अहिले पनि छ। कठिन तालिम, कम रासनका कारण ली सो येआन र उनका महिला साथी सैनिकको शरीरमाथि निकै असर पर्यो।

‘तनावग्रस्त महिला र कुपोषणका कारण सेनामा ६ महिनादेखि एक वर्षभित्र हाम्रो महिनावारी रोकिन्थ्यो,’ उनले भनिन्। उनका अनुसार सेनामा महिनावारीकालागि कुनै नियम कानुन थिएन। र महिनावारी भएपनि पहिला नै प्रयोग गरिएको स्यानेटरी प्याड फेरि प्रयोग गर्नुको विकल्प पनि थिएन।

ली सो येआनका अनुसार १९९२ र २००१ को बीचमा उनी सेनामा रहँदा उनीमाथि बलात्कारका घटना भएन र तर अन्य महिला सिपाहीमाथि भने बलात्कारको घटना हुने गरेको थियो। ‘कम्पी कमाण्डर युनिटको आफ्नो कोठमा घण्टौंसम्म भित्रै हुन्थे र आफू मातहतका महिला सिपाहीलाई बलात्कार गर्थे, यस्तो घटना बारम्बार हुने गरेका थिए,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!