जसलाई शृङ्खलाले पटक पटक धन्यवाद दिइन्, को हुन् उनी ?

काठमाडौं। मिस नेपाल शृङ्खला खतिवडाले सोमबार मिस वर्ल्डको मल्टिमिडिया अवार्ड र ब्युटी विद द पर्पोज अवार्ड जित्दै टप ३० मा आफ्नो स्थान बनाउँन सफल भइन्। त्यसलगत्तै खतिवडाले आफ्नो इन्स्टाग्राममा राखिएको भिडियोमा सबै नेपालीलाई धन्यवाद दिँदै एउटा नाम लिन छुटाइनन्। त्यो नाम थियो अबिन भो जसले खतिवडाको लागि परिचयात्मक भिडियो बनाइदिएका थिए।

शृङ्खलाले आफ्नो इन्स्टाग्रामको पोस्टमा अबिनलाई धन्यवाद दिँदै लेखेकीछिन् – ‘हामीले गर्न सकेका छौ। सबैको माया र साथको लागी धेरै धेरै धन्यवाद। यो हाम्रो देशको लागि र हामीले देखाएको एकताको लागि हो।’

आभार सन्देशमा शृङ्खला भन्छिन्, ‘म खासगरी अबिन भोलाई धन्यवाद दिन चाहन्छु जसले मेरो परिचयात्मक भिडियो बनाइदिए, जुन अहिले प्रत्येक नेपालीको मुटुमा छ। उल्लेख्यमात्रामा समर्थन हासिल गर्न यो भिडियोले धेरै भूमिका निर्वाह गरेको छ। तिमी उत्कृष्ट भाइ हौ।’

पूरा जानकारी नेपाल पेज ३को भिडियो रिपोर्टमा।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!