दावा शेर्पा भनेपछि नम्रता हुरूक्कै, भन्छिन -छिटै विहे गर्छौँ

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र प्रसादको प्रिमियर शो हिजो सिटी सेन्टरमा आयोजना गरिएको थियो ।

दर्शक माझ प्रर्दशनमा आउनु अघि हिजो यस चलचित्रको प्रिमियर शो गरिएको थियो । शो कार्यक्रममा चलचित्रका कलाकारका साथै पत्रकारहरू, हाँस्य कलाकारहरू साथै नेपाल आइडलमा सहभागी टिमको पनि उपस्थिति रहेको थियो।

सिटी सेन्टरमा गरिएको प्रिमियर शो का लागि यो चिसो मौसम छल्दै नायिका नम्रता निकै नै हट बनेर आइपुगेकी थिइन् भने उनको साथमा उनको प्रेमी दावा स्टेभन शेर्पा पनि प्रिमियर हेर्न सिटी सेन्टर पुगेका थिए । चलचित्र हेरेपछि नम्रता र उनको प्रेमी एकसाथ मिडियामा अन्तरवार्ताका लागि आएका छन् ।

उनले रमाइलो छ ले लिएको अन्तर्वार्तामा आफ्नी प्रेमी नम्रताले गरेको चलचित्र प्रसाद निकै नै राम्रो रहेको र चलचित्रमा सम्पूर्ण कलाकारले निकै राम्रो अभिनय रहेको बताए साथै आफ्ना केही व्यक्तिगत जीवन र नम्रतासँगको प्रेम सम्बन्ध र विवाहको बारेमा पनि कुरा गरेका छन् ।

हेर्नुहोस् रमाइलो छ सँगको भिडियो कुराकानी :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!