निर्मलाका लागि न्याय : हातमा तराजु बोकेर विवेकशील साझाको प्रदर्शन

काठमाडौं : निर्मलाका लागि न्याय माग्दै विवेकशील साझा पार्टीले राजधानीमा प्रदर्शन गरेको छ। शुक्रबार माइतीघर मण्डलामा हातमा तराजु बोकेर निर्मलाका लागि न्याय माग्दै प्रदर्शन गरेको हो।

विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ताले आँखामा पट्टी बाँधेर हातमा तराजु बोकेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी विवेकशीलका कार्यकर्ताले विभिन्न नारा लेखिएका कागजका टोपी लगाएका थिए। प्रदर्शनमा विवेकशील साझाका संयोजक रविन्द्र मिश्रलगायत शीर्ष नेतासमेत सहभागी थिए।

Source : अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!