वडा अध्यक्षले नै २५ वर्षीय युवतीलाई बलात्कार गरेपछि

तनहुँ । तनहुँ शुल्ला गण्डकी नगरपालिकाका १ जना वडा अध्यक्षलाई २५ वर्षीय युवती माथि बलात्कार गरेको आरोप लागेको छ।

वडा नं. ८ का वडाध्यक्ष कृष्ण प्रसाद रेग्मीलाई बलात्कारको आरोप लागेको हो। उनीबिरुद्ध प्रहरीमा जाहेरी समेत दर्ता भएको छ। तर प्रहरीले जाहेरी दर्ता भएको २ हप्ता बितिसक्दा पनि अभियुक्तलाई पक्राउ गर्न सकेको छैन।

गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले यस बिषयलाई भर्खरै सार्वजनिक गरेको छ। कार्यक्रमको टिम सम्बन्धीत वडा, नगरपालिका कार्यालय, पिडित भनिएकी युवतीको परीवार र प्रहरी सम्म पुगेर घटनाको सम्पुर्ण बिबरण सार्वजनिक गरेको हो।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!