२ दिनभित्र काठमाडौं आएर स्पष्टिकरण दिन राजदूत शेर्पालाई निर्देशन

काठमाडौं, २१ मंसिर । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई दुई दिनभित्र काठमाडौँ आएरर स्पष्टिकरण दिन निर्देशन दिएको छ । आफ्नै पूर्व सवारी चालक वाङ्छु शेर्पाले मानव तस्करीको आरोप लगाएपछि त्यस सम्बन्धमा स्पष्टिकरणका लागि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौँ बोलाएको हो ।

राजदूत लक्कीले विगतमा नेपालबाटै अष्ट्रेलिया लगेका वाङ्छुले मानव तस्करीको गम्भिर आरोप लगाएपछि राजदूत शेर्पालाई फिर्ता बोलाउन नेपाल सरकारलाई चौतर्फी दबाव बढेको छ । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार आरोप बारेमा भौतिक रुपमै आएर स्पष्टिकरण दिन काठमाडौं बोलाइएको हो ।

तिव्र दबाबपछि मन्त्रालयले आन्तरिक रुपमा दुई सदस्यीय छानविन समिति गठन छ । स्रोतका अनुसार आवस्यक छानविन र राजदूत शेर्पाको स्पष्टीकरणपछि उनलाई फिर्ता बोलाउने या नबोलाउने बारे निर्णय हुनेछ ।

के छ आरोप ?
राजदूत शेर्पाका पूर्वसवारी चालक एवं भान्छे वाङछुले राजदुत शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् । आफूसँग करिब ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया ल्याएको र अरु केही मानिसहरुलाई अस्ट्रेलिया ल्याउन पहल गर्ने भन्दै आफूलाई रकम उठाउन परिचालन गरेको आरोप राजदूतका सवारी चालकले लगाएका छन् ।

सन् २०१७ को जून ९ तारेखमा लक्की शेर्पासँगै अर्दलीका रुपमा अष्ट्रेलिया आएका वाङछु चार महिनापछि आफू असुरक्षित भएको भन्दै दूताबासबाट बाहिरिएका थिए । वाङछुले राजदूतलाई ३३ लाख बुझाएको दाबी समेत गरेका छन् ।

उनले भनेका छन्,‘मैले अहिलेसम्म लक्कीको परिवारलाई लगभग ३३ लाख बुझाएको छु । नयाँपाटीको जग्गामा करिब ११ रुपैयाँ बराबरको खर्च गरेर वाल लगाइदिएको छु । ७ लाख ५० हजार लक्कीकी आमाले लगेकी हुन् । ३३ लाखमध्ये बाँकी रकम लक्कीका श्रीमान सोनामले लगेका हुन् । मैले यो रकम आफन्तबाट ऋण लिएर लक्कीको परिवारलाई बुझाएको हुँ ।’ तर, राजदूत शेर्पाले भने वाङछुले मूल्यवान गहना चोरेर भागेको लगायतका आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!