‘साइली’को गीत ‘नाच माया’ सार्वजनिक (भिडियो)

काठमाडौं। चलचित्र ‘साइली’को पहिलो गीत ‘नाच माया’ सार्वजनिक भएको छ। जिएच इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलबाट गीत आइतबार सार्वजनिक भएको हो।

हेमन्त रानाको स्वर र कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको ‘साइली’ गीतमा बनेको चलचित्रको ‘नाच माया’ बोलको गीतमा स्वर हेमन्त रानाको रहेको छ। गीतमा सङ्गीत सुशान्त गौतमको रहेको छ भने गीतको शब्द हर्क साउदले लेखेका हुन्। गीतमा चलचित्रका मुख्य कलाकार नायकद्वय गौरव पहारी र दयाहाङ राई तथा नायिका मेनुका प्रधानलाई देखाइएको छ।

चलचित्रलाई ’कबड्डी’ फेम निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन् । ‘साइली’को कथा पनि निर्देशक गुरुङ आफैले लेखेका हुन् । चलचित्रमा हेमन्त, गौरव, अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाको संयुक्त लगानी रहेको छ । चलचित्र चैत्र १५ गतेबाट प्रदर्शनमा आउने छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!