फेवातामा सेल्फी खिच्दा रोजनको ज्यान गयो

सोमबार बिहान करिब १० बजेतिर पोखरा घुम्न आएका काठमाण्डु ताहाचल बस्ने १९ वर्षका रोजन श्रेष्ठ प्याडल बोट चलाउने क्रममा अनियन्त्रित भएर डुङ्गाबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

आइतबार दिदी रोशनीसँग पोखरा घुम्न आएका उनले फेवातालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा डुंगा अनियन्त्रित भएको बताइएको छ । सेल्फी खिच्नकै लागि उनले लाइफ ज्याकेट समेत फुकालेका थिए ।

श्रेष्ठको खोजी कार्य भैरहेको छ । उनी डुबेको खबर प्राप्त हुनसाथ तत्कालै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक नवीन कार्कीको कमाण्डमा रेस्क्यू टिमसहित १५ जनाको टोली खटिएर खोजी कार्य गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!