अमित बरालको घरमा सँसारकै अचम्म भो (भिडियो सहित)

काठमाडौं, २४ मंसिर- नेपाल आईडलको टप ५ सम्मको यात्रा तयर गरेपछि भोटका कारण बाहिरिएका अमित बरालको घर बुटवल हो । अमितको आफ्नै दुखद कथा छ । उनी दाईको प्रेरणाले संगीत क्षेत्रमा आएका हुन् । सानैदेखि गाउने रुचि भने थिएन अमितलाई । तर जब आफ्नो दाईको असामयिक निधन भयो तब दाईको सपना पुरा गर्न अमित गायन क्षेत्रतिर ढल्किए ।

वास्तवमा अमितको दाई एक ुशल गायक थिए । व्यवसायिका रुपमै गाउंथे, सुमित बराल तर अकालमै उनको ज्यान गयो । त्यसपछि अमितको परिवार जन्मथलोमा पनि बस्न सकेन । अमितको आमालाई सधैं जेठो छोराको याद आउन थालेपछि उनीहरुले बुटवलको बर्दघाट छोडे । त्यसैबिच अमितको परिवारमा जे भयो जुन अचम्मको घटना छ ।

अमितको भाईको रुपमा दाईकै अनुहार र रुचि भएका भाईको जन्म भयो । अमितका भाई अहिले मात्र दश बर्षका छन् । आफ्नो जेठो छोराको अनुहारमा कान्छो छोरो जन्मिएपछि अमितका आमाबुवाले सन्तोष मानेका छन् । उसैलाई हेरेर जेठोको झल्को मेटाउंछन् । यि सबै कुरा अमितले एक अन्तर्वार्तामा खोले, हेर्नहोस ः कस्ता थिए अमितको दाई अनि कस्तो जन्मिए उनका कान्छो भाई ? भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!