राप्रपा अब पहिलो वैकल्पिक पार्टी बन्छ :कमल थापा

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो र पहिलो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् ।

पार्टीको ३ नं कमिटीले सोमबार हेटौँडामा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्थापनालगायतका एजेण्डा बोकेर आन्दोलनमा उत्रिने बताए ।

फरक प्रसङ्गमा उनले कुनै एक धर्मलाई महत्व दिएर धार्मिक द्वन्द्व निम्त्याउने क्रियाकलाप गर्न नहुने बताउँदै वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

प्रशिक्षण कार्यक्रमलाई राप्रपाका केन्द्रीय नेताहरु भुवन पाठक, तोरणबहादुर गुरुङ, रोशन कार्की, राजाराम बर्तौलालगायतले सम्बोधन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!