नेपाल आइडलको प्रताप दासको गीतमा पल शाह र आँचल शर्माको रोमान्स

विराटनगर, मंसिर २४ अघिल्लो संस्करणको नेपाल आइडलको दास्रो रनरअप प्रताप दासले नयाँ नयाँ गीत बजारमा ल्याउँदैछन् । सुमधुर आवाजका धनी गायक प्रतापले आफ्ना दर्शक स्रोतामाँझ सार्वजनिक गरेका सबै गीतमा राम्रै माया पाएका छन् ।

गत आइतबार मात्र एक गीत बजारमा ल्याएका थिए । उनको आवाजमा समेटिएको गीत ‘घामेले जुनलाई’ उनले आइतबार सार्वजनिक गरेका थिए । अब भने उनी नयाँ गीतको तयारीमा छन् ।

अब भने उनी ‘के नै छ र मरी लानु’ बोलको गीत दर्शक–स्रोतामाझ ल्याउने तयारीमा छन् । उनको उक्त गीतको भिडियोमा भने अहिलेका व्यस्त नायका–नायिका पल शाह र नायिका आँचल शर्माले अभिनय गर्नेछन् ।

नायक पल शाह अहिले उनको नयाँ फिल्म ‘वीर विक्रम’को छायांकनमा व्यस्त छन् भने नायिका आँचल आगामी फिल्म ‘दाल भात तरकारी’को छायांकनमा व्यस्त छिन् ।

गायक दासले आफ्नो इन्स्टाग्राममा दुई फोटो पोष्ट गर्दै यस कुराको जानकारी दिएका छन् । विकाश सुवेदीको निर्देशनमा बन्ने उक्त भिडियो चाँडै दर्शकमाझ आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!