‘ अब पप गायकलाई कसैले आवारा भन्न सक्दैन’

गायनमा एक दशक बिताएपछि आर्थिक अभावमा छट्टिएर अन्य पेसा रोज्ने थुप्रै गायक गायिका भेट्न सकिन्छ नेपाली सङ्गीतिक आकाशमा । धिरज राईत्यस्ता व्यक्ति हुन् जसले पपगीत सङ्गीतमै २५औँ वसन्त बिताएका छन् । पपगीतसङ्गीतलाई गीत हैन भन्ने समयमा पनि यसैलाई नै रोजेका राईले अहिले आएर यो सङ्गीतलाई स्थापित गर्न सफल भए । नेपालका माइकल ज्याक्सन भनेर समेत चिनिने गरेका उनी अहिले नेपाली पप सङ्गीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने एक्सरसाइजमा छन् । स्वदेशी र विदेशी बजार गरेर दुई फरक फरक एल्बम तयार गरेका राईसँग  गीत सङ्गीतको लामो यात्रा र अबको उनको पाइलाको विषयमा रातोपाटीले गरेको कुराकानी :
तपाईंको गायन यात्राले अहिले २५ वर्ष पूरा गरेको छ । सहज असहज कसरी लिनुभएको छ ?
– पच्चीस वर्षको यो यात्रामा पहिलो त गीत गाउने इच्छा पुग्यो । किनभने गायन सुरु गर्दा मेरो धेरै महत्वकांक्षा थिएन । पपगीत गाउनु थियो । त्यति बेला रेडियो नेपालले पपगीत गाउँन दिँदैन थियो । पपगीत गाउने  अधिकारबाट सबै वञ्चित थिए । तर आज यो स्थापित भयो । रेडियो नेपालको एकतन्त्रिय शासन तोडियो । अहिले पप सङ्गीतको आफ्नै व्यवसाय, क्षेत्र र किसिम छन् । आजभन्दा पच्चीस वर्ष अगाडि पपगीत गाउँदा धिरज राईलाई तिमी एउटा पपे, कुन्डल लगाउने गायक, तिमीले गाएको गीत राम्रो होइन । यसले समाज बिगार्छ भन्ने जस्ता आरेप लगाउँथे । सो आवाज अहिले बुलन्द भएको छ । एक प्रकारले हेर्दा पश्चिस वर्ष लामो समय पनि हो । अर्काे प्रकारले हेर्दा लामो समय होइन पनि । तर जे होस्, आजसम्म आइपुग्दा पप सङ्गीतले आफ्नै किसिमको समुदाय, समूह जम्मा गर्यो । यो नै मेरो सफलता हो । पच्चीस वर्ष अगाडि म मार्फत उठेको आवाजले अहिले सार्थकता पाएको छ । पपगीतमा आउन अहिले कसैले लाज मान्नु पर्दैन । पपगीत रोज्ने गायकलाई कसैले आवारा भन्न सक्ने अवस्था छैन । यो नै मेरो आत्मसन्तुष्टिको विषय हो । अहिले पपगीतको छुट्टै प्लेटफर्म छ, सुन्नेको बेग्लै राज्य छ । जसको सञ्चालन हामी आफैले गरिरहेका छौँ ।

अहिलेका पपगीत सङ्गीतलाई कसरी हेर्नुभएको छ ?
– अहिले पपगीतको छुट्टै प्लेटफम छ । पपगीतका लागि कसैको सहायता र सहारा लिनु पर्दैन । यो खुसीको कुरो हो । अर्काे कुरो पपगीत सङ्गीतमा स्वर्थ राखेर भित्रिने धेरै छन् । यसप्रतिको लगाभ, डेलिकेसन भन्दा पनि फाइदा छिटो लिउँ भनेर भित्रिने धेरै छन् । सीधै भन्नुपर्दा नयाँको सपना छिट्टै धिरज राई बन्ने छ । धिरजको भन्दा राम्रो गीत गाउँछु, मिहिनेत गर्छु भन्ने थोरै छन् । राम्रो पपगीत गाउँछु भन्दा पनि फाइदा लुट्छु भन्ने धेरै देखिए । यसले स्तरीय गीत र गीतमा नयाँ पन ल्याउन सकेको छैन ।

पच्चीस वर्षको यात्रामा गर्न नसकेका केही छन् कि ?
–अहिले मलाई खड्किएको कुरा हामीले हाम्रो पप सङ्गीतलाई सस्तो पैसामा र थोरै मानिस माझ मात्र बेच्न सफल भयौँ । त्यसैले म ठूलो माछा खाने अभियानमा छु । यसलाई यसरी बुझाउँछु । हामीले पप सङ्गीत नेपालीहरूमा मात्र फोकस गरेर तयार पारेका छाँै । त्यसैले थोरै मूल्यमा बेत्दै गयौँ । यसबाट धेरै कमाउन सकिन्छ । हामी विश्व बजारमा जानुपर्ने बेला आएको छ । अहिलेको मेरो च्यालेन्ज पनि यही हो । मैले नेपालीलाई नभेटेको, नसुनाएको केही छैन । म अहिले नेपाली पपगीत सङ्गीतलाई विश्व बजारमा बेच्ने प्रयास गर्दैछु । अहिलेका नयाँ पुस्ताले गर्नुपर्ने र पहिलेका पुस्ताले पहिल्याउन नसकेको बाटो यही हो ।

यो यात्राको उपलब्धि पनि होलान् नि ?
– दुईवटा छन् । एउटा व्यक्तिगत प्राप्ती र अर्काे समग्र गीत सङ्गीतको प्राप्ति । व्यक्तिगत प्राप्तीको रूपमा भन्नुपर्दा गीत सङ्गीतबाट मलाई पुगेको छ । मैले यसैबाट घर, गाडी सबै जोडेको छु, भविष्य सुरक्षित छ । आत्मसन्तुष्टि छ । गीत सङ्गीतको प्राप्तीको कुरो गर्ने हो भने पप सङ्गीत स्थापित भयो । पप सङ्गीत आधिकारिक रूपमा नेपाली सङ्गीतको किताबमा लेखियो । यो नै मेरा सबैभन्दा ठूलो उपलब्धि हो ।

यात्राको दुःख ?
दुःख धेरै छन् । जीवनको याथार्थ भनेकै दुःख हो । सुख त झ्यालबाट चिहाएर जान्छ, भनिन्छ । मेरो जीवनमा पनि यस्तै भएको छ । साङ्गीतिक अधिकारबाट वञ्चित हुनुपर्दाको दुःख मैले सबैभन्दा ठूलो दुःख ठानेको छु । पपगीतको सुरुवातको क्रममा रेडियो नेपालले एकतन्त्रिय शासन चलाएको थियो । आफूले चाहेको गीत गाउन पाउनु मेरो नैसर्गिक अधिकार थियो ।  तर रेडियो नेपालले आफ्नो तरिकाले गीत सङ्गीत डिफाइन गर्दियो । रेडियोले पप सङ्गीतलाई सङ्गीत नै मानेने र हामी जस्तो पप सङ्गीत रोज्नेलाई गायकलाई खतम बनाउने अभियानमा लाग्यो । यो नै सबैभन्दा ठूलो दुःख थियो । रेडियोले गीत रेकर्ड नगरेपछि मैले आफ्नो महँगा महँगा समान र जुत्तासमेत बेचेर गीत रेकर्ड गराएँ । प्रचार प्रसारको मध्याम र पैसा नहुँदा रातिराति आफ्नो पोस्टर आफैले टाँसे । कार्यक्रमको जुनै ठाउँमा जाँदा पनि रेडियोका गायक गायिकाले तिमीहरू हाउडे, तिमीहरूको गीत दुई दिनको भनेर हतोहत्साही गर्थे । यसले मेन्टल्ली पनि टर्चर भोग्नु पर्यो । मुख्य यही हुन् । तर यसका रूप अनेक छन् ।

के गुमाउनु भयो ?
गायन रोज्दा धेरै अवसर त्यागेँ । जब एस.एल.सी पास भएँ मेरो अगाडि दुईवटा बाटा थिए । एक पप सङ्गीत र अर्काे इन्जिनियरिङ । पप सङ्गीतमा केही पनि बाटो बनेको थिएन । रेडियो नेपालले बनाएको बाटो हामी हिँड्न तयार थिएनौँ । अर्काे, एसएलसी पास गरेपछिको उमेर भनेको कमाउने उमेर थियो । त्यो समय मैले ठूलो निणर््ाय लिनुपर्ने भयो । एकातिर अस्ट्रेलियाको भिसा र जसले मलाई आर्थिक सम्पन्नता बनाउँथ्यो । अर्काेतिर मैले रोजेको पपगीत सङ्गीत । जसमा मलाई आत्मसन्तुष्टि थियो । मैले पपगीत रोजे । यसले मेरो धेरै कमाउने अवसर गुम्यो । तर पनि आत्मसन्तुष्टि छु ।

अब यो सोच चेन्ज गर्नुपर्यो । अहिले हामीले नेपाली रूपियाँ रोयल्टी खाइरहेका छौँ । अब डलरमा रोयल्टी खानतिर लाग्नु पर्यो । मेरो अबको बाटो भनेको यही हो । म नेपाली पपगीत सङ्गीतका लागि अन्तर्राष्ट्रिय बजार खोज्दैछु । अङ्ग्रेजी एल्बम लिएर विश्व बजारमा जाँदैछु ।
अहिलेका गायकको तपाईं हेर्ने दृष्टिकोण कस्तो पाउनु भयो ?
– सबैभन्दा ठूलो कुरो चेतना हो । चेतना कि त शिक्षाले दिन्छ कि अनुभवले । अहिलेका पिढीमा शिक्षा छ । त्यसैले उनीहरूले धिरज राईले गर्दा पपगीत सङ्गीत अहिलेको अवस्थामा आएको हो भन्छन् । धेरै जानकारले ओम विक्रमले सुरु गरेकोे पप यात्रा धिरजले पूरा गर्यो भन्छन् । धिरजले गाएर मात्र होइन, पुस्तक लेखेर, डकुमेन्ट्री बनाएर समेत पपगीत स्थापित गरायो भन्ने पनि छन् । गायकमा ग्ल्यामर, स्टोज पर्फर्मेन्स हुनुपर्छ भनेर स्थापित गराउनेमा पनि मेरो नाम आउँछ । यसले खुसी मिल्छ ।

आगामी दिनमा तपाईंको बाटो के ?
–नेपालका लागि मात्र भनेर गीत अब बनाउँदिन । बनाएँ भने नेपाल र विदेशका लागि फर फरक बनाउँछु । हामीलाई कहिलै पनि अङ्गे्रजी बुझ्नु पर्छ, जान्नुपर्छ र हामी पनि खैरे सरह हुनसक्छौँ भनेर फिल भएन र गराइएन । यसले गर्दा अङ्ग्रेजी बोल्न सक्दैनौँ भनेर हामीले आफूले आफैलाई सानो सोच्दै आयौँ । अब यो सोच चेन्ज गर्नुपर्यो । अहिले हामीले नेपाली रूपियाँ रोयल्टी खाइरहेका छौँ । अब डलरमा रोयल्टी खानतिर लाग्नु पर्यो । मेरो अबको बाटो भनेको यही हो । म नेपाली पपगीत सङ्गीतका लागि अन्तर्राष्ट्रिय बजार खोज्दैछु । अङ्ग्रेजी एल्बम लिएर विश्व बजारमा जाँदैछु । अन्य कलाकारलाई पनि बाटो पहिल्याउन अनुरोध गर्दछु । गीत सङ्गीत लिएर जाँदा हामीले देशको कलासंस्कृति पनि लिएर जानुपर्छ भन्ने मेरो धारणा हो । यसले हामीलाई सजिलो हुन्छ । म अहिले जुनै गायकलाई पनि एउटै कुरा भन्छु । त्यो के हो भने, तपाई एकसाथ दुई एल्बम निकाल्नुस् । एक देश र अर्काे विदेशका लागि । देशका लागि नेपाली भाषा र विदेशका लागि अङ्ग्रेजी भाषामा तयार गर्यौँ । विदेशका लागि बनाउने गीत सङ्गीतमा माया प्रितीका कुराभन्दा पनि कलासंस्कृती राख्ने गर्यौँ । यस्तो गर्न सकियो भने एल्बम बेच्न सजिलो हुन्छ । छिट्टै चर्चा पाइन्छ र दाम पनि ।

भर्खर नयाँ एल्बम ल्याउनुभएको छ । लामो यात्राको अनुभवसहित निस्किएको एल्बममा भिन्न के छ ?
– एल्बमको नाम ‘लभ ब्यालेन्स’ हो । यो मेरो १६औँ एल्बम हो । यो प्रेमसँग रिलेटेड छ । यसमा कुनै पनि डान्सिङ नम्बर छैन । यो नै फरक भन्दा हुन्छ । डान्सिङ गीत मेरा कति छन् कति । यसमा मैले पूरै सेन्टिमेनटल गीत राखेको छु । एल्बममा प्रेम गर्न खोज्दै गरेको, सिक्दै गरेको, प्रेममा छुटेको, प्रेममा डुबेको र असफल भएको पाँच चरणका गीत छन् ।

विदेशका लागि पनि यही हो ?
होइन नि । विदेशका लागि अर्काे छ, अङ्ग्रेजीमा । नाम मैले ‘बुद्धज् बर्न इन नेपाल’ राखेको छु । यसमा छवटा गीत छन् । जुन संस्कृतिले भरिएको लिम्बुको पालम, राईको साकेला, नेवारको नेवारी कल्चर, देउडा, तामाङ सेलो र बुद्ध नेपालमा जन्मिएको हो भन्ने जानकारीमूलक गीत छन् । यो एल्बम छ महिनाभित्र रिलिज हुन्छ । बेल्जियमबाट रिलिज हुने एल्बम युरोपको बजारमा जाँदैछ । Rato Pati

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!