भ्वाइस अफ नेपालको ‘ग्राण्ड फिनाले’ कतारमा हुँदै, कसले मार्ला बाजी ?

काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनाले यहि मंसिर २८ गते शुक्रबार कतारको दोहामा हुँदैछ।

गायन प्रतिभा प्रस्फुटन गर्ने नेपालकै नम्बर एक रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा प्रतियोगीहरुका साथै नेपालका चर्चित कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गर्ने भएका छन्।

कार्यक्रममा ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’का फाइलिष्टहरु सिडि बिजय, कुशल, सप्तक र श्रृजयले आफ्नो उत्कृष्ट कला प्रस्तुत गर्नेछन्। जसको माध्यमबाट उनीहरुमध्ये एक जना ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को बिजेता हुनेछ।

चारै जना फाइनलिस्टहरुमध्ये दर्शकहरुको भोटको आधारमा बिजेता चयन हुनेछ। नेपालको पहिलो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ बिजेताले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथमा रेनोको एउटा कार प्राप्त गर्नेछन्। त्यसैगरि उप विजेताले २० लाख रुपैयाँ बराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न पाउने छन्।

यसअघिको कार्यक्रमबाट फाइनलमा चारै जना निर्णायकहरु दिप, अभया, सनुप र प्रमोदका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका हुन्। ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ग्राण्ड फिनालेमा फाइनलिस्टहरुका साथै सेमीफाइनलमा पुगेका टप ८ प्रतियोगीहरुले पनि आफ्नो प्रस्तुती दिनेछन्।

कतार, दोहाको एमपी थिएटरमा डिसेम्बर १४ तारिख अर्थात मंसिर २८ गते शुक्रबार बेलुकी १० बजेदेखि शुरु हुने ग्राण्ड फिनाले नेपालमा कान्तिपुर टेलिभिजन र डिसहोमको रमाईलो टिभीबाट प्रत्यक्ष प्रशारण हुनेछ।

ग्राण्ड फिनालेमा आफ्नो मनपर्ने प्रतियोगीलाई जिताउन विदेशमा बसेका नेपालीहरुले आगामी मंसिर २८ गते शुक्रबार बेलुकी ८ बजेसम्म हरेक दिन एउटै आईडीबाट पचास वटासम्म भोट गर्न सकिने व्यवस्था गरिएको छ।

भोटिंगको तरिका : ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा आफूलाई मनपर्ने प्रतिस्पर्धीहरुलाई दर्शकहरुले भोट गर्न सक्ने सुविधा रहेको छ। भोट गर्नको लागि आफ्नो मोबाइल फोनबाट एसएमएसमा गएर प्रतियोगीको कोड नम्बर टाइप गरेर ३७००० मा सिधै पठाउन सकिनेछ।

त्यसैगरि भारतबाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ हेर्ने दर्शकका लागि आफ्नो मनपरेको प्रतियोगीलाई भोट गर्न आफ्नो मोबाइलबाट प्रतियोगीको कोड नम्बर टाइप गरेर ५३०१० मा पठाउन सकिने व्यवस्था गरिएको छ।

यति मात्र होईन्, दर्शकहरुले आफ्नो ल्याण्डलाइन टेलिफोनमार्फत पनि फोन गरेर प्रतियोगीको कोड नम्बरसहित भोट गर्न सक्नेछन्। नेपाल टेलिकमको ल्याण्डलाइनबाट १६६६७७ मा फोन गरेर पनि आफ्नो मनपर्ने प्रतियोगीको कोड नम्बरसहित भोट गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!