उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

गाइघाट : उदयपुरको लिम्चुङबुङ गाँउपालिका -४ बलम्तामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डीसपी अर्जुन रानाभाटका अनुसार दुर्घटनामा लिमचुङबुङ ४ बलम्ताका २२ वर्षीय चालक सुविन राई र सोही ठाउँका २४ वर्षीय पवन राईको मृत्यु भएको हो।
ट्याक्टरमा सवार अन्य ८ जना घाइतेकाे उपचारकाे लागि जिल्ला अस्पताल गाईघाटमा ल्याउने काम भइरहेको प्रहरीले जनाएकाे छ। उनीहरू बनभाेज खाएर फर्कदै गर्दा ट्याक्टर दुर्घटनामा परेकाे बताइएकाे छ ।

दुर्घटनास्थल सदरमुकाम गाइघाटदेखि ९० किलोमिटर विकट पहाडी क्षेत्रमा रहेकोले बिरामी ल्याउन कठिनाइ भयको रानाभाटले बताए। घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!