२४ घण्टा नबित्दै अनमोल केसीको ‘क्याप्टेन’ को गीत ट्रेन्डिङ्गको पहिलो नम्बरमा

काठमाडौं, २८ मंसिर । अनमोल केशीको बहुप्रतिक्षित चलचित्र ‘क्याप्टेन’ को ‘गीत रहर छ सँगै’ सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ्गको पहिलो नम्बरमा आएको छ ।

अन्जु पन्त र सुगम पोख्रेलको स्वर रहेको गीतमा अनमोल र नायिका उपासना हिंस ठकुरीले अभियन गरेका छन् । यो गीत बिहीबार सार्वजनिक भएको हो । यो गीत अहिलेसम्म झण्डै तीन लाखपटक हेरिएको छ ।

आउँदो फागुन १७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र दिवाकर भट्टराईको निर्देशनमा बनेको हो । ठूलो बजेटको यो चलचित्रमा फुटबल खेलाडीको कथा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!