सिडी बिजय अधिकारि बने ‘भ्वइस अफ नेपाल’को विजेता

काठमाडौँ , नेपालाको पहिलो भोइस अफ नेपाल गायक सिडी विजय अधिकारि बनेका छन् । धुर्मुस सुन्तली ले कतार मा ग्राण्ड फिनालिको घोषणा गर्दै सिडी बिजय अधिकारि नेपालको पहिलो भोइस अफ नेपाल बनेको घोषणा गरेका हुन् ।

यो संगै सिडीले प्रथम द भ्वाइस अफ नेपाल बने बापत रु २५ लाख नगद, एउटा नयाँ गाडी अनि रु २० लाख बराबरको रेकर्ड डिल अनि बिश्व भ्रमण गर्ने मौका पाएका छन् ।

पूर्णत दर्शकको भोटमा आधारित यस फाइनलमा द भ्वाइस अफ नेपालले दर्शकको भोटको निर्णयलाई शिरोधार्य गर्नेछ भनें लगत्तै अब सिजन २ को अडिशन पनि शुरु गर्ने बताइएको छ । द भ्वाइसको अब लगत्तै सिजन २ को डिजिटल अडिशन शुरु गर्ने जना इएको छ ।

अन्य रियालीटी शो मा झै डिजीटल अडिशनलाई घन्टौं कुनै नपर्ने अनि आफ्नो रेकर्ड घरबाटै पठाउन सकिने सहज रहेको द भ्वाइस आयोजक संस्थाले बताएको छ ।

यसरी डिजीटल अडिशनमा नेपाल भित्र र बाहिर जतासुकैका भएपनि नेपाली संगीतप्रेमीले आफ्नो आवाज समावेश गर्न सहज हुनेछ ।द भ्वाइस अफ नेपाल केवल आवाजको रंगमञ्च भएकाले बिदेशी गीतको डिजीटल रेकर्ड आफ्नो भाषामा पठाएपनि केही फरक नपर्ने आयोजक बताँउदछन् ।

यस सिजनमा पनि बिभिन्न अन्य देशहरुबाट आवाजहरु समावेश हुन सकेका कारण डिजीटल अडिशनका कारणले नै भएको बताइन्छ । जे होस् सिजन २ मा निखारिएका आवाजहरुको प्रतिक्षामा द भ्वाइस अफ नेपाल रहने भनें पक्का छ है ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!