२ सय, ५ सय र २ हजारका भारतीय नोट नेपालमा नचल्ने

काठमाडौं । सरकारले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटमाथी प्रतिबन्ध लगाएको छ । मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले सो दरका भारतीय नोटलाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद निर्णयको बुँदा नं. ३ ले भारू २ सय, ५ सय र २ हजार दरका नोटमा प्रतिबन्ध लगाएको हो । ‘भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरु साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न, नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको छ’, मन्त्रिपरिषद निर्णयमा भनिएको छ ।

सरकारको यो निर्णयसँगै नेपालमा अब ठूला भारतीय नोट कारोबारमा प्रतिबन्ध लागेको छ । २ सय, ५ सय र २ हजार दरका भारतीय नोट गैरकानुनी भएका छन् । सय र त्यो भन्दा सानो दरका भारू नोट कारोबार गर्न पाइनेछ ।

अब नेपालमा ती दरका भारतीय नोटको कारोबारमा नगर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले नेपाली सामू आग्रह समेत गरेका छन् । नेपाली मद्राको विश्वसनियता अभिवृद्धिका लागि सरकारले भारतीय नोटमाथी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!