म्याग्दीको ताकमकोतमा हेलिकप्टर स्टाट नभएपछि….

महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा अवस्थित ताकमकोतको पूननिर्माणको शिलन्यास सकेलगत्तै अर्को कार्यक्रम तय भइसकेको थियो । शुक्रबार विहान एयर डाइनेष्टिकको हेलिकप्टर मार्फत मन्त्री थापा, प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापाको टोली ताकमको शीरमा अवस्थित कोतको शिलन्यास सकेर फर्किने बेलामा स्टाट नभएपछि तनावमा परे ।

क्याप्टेन अरूण मल्लले पटकपटक स्टाटको प्रयास गरेपनि असफल भए । उडानका लागी आवश्यक पर्ने सबै तयारी भएपनि क्याप्टेन मल्लले आधा घण्टाको प्रयास गर्दा समेत असफल भए । करिब २५ बर्षको उडानको अनुभव भएका क्याप्टेन मल्लले प्राविधिक टोलीलाई जानकारी समेत गराए । ईन्जिनियर दलको टोलीको भनाई अनुसार पनि स्टाट नभएपछि वडा अध्यक्ष कलानिधि सुबेदीले जानकारी गराएपछि मन्त्री थापा र क्याप्टेन मल्लले पुजारीको उपस्थितीमा अन्नपूर्ण, दुर्गा, जगन्नाथ देवीदेवताको मुर्ती रहेका कोतमा पुजाआजा र भाकल समेत गरे।

करिब दश मिनेट मन्दिरको विधि अनुसार पुजाआजा गरेपछि फर्किएर पुनः स्टाटको प्रयास गर्दा पहिलोपटक नै स्टाट भएपछि मन्त्री थापा र क्याप्टेन मल्ल दंग परे ।उनले पुजा गरेपछि स्टाट भएको घटनाले इश्वरीय शक्तीको महसुस गरी मन्दिरको पुननिर्माणमा ५ हजार ब्यक्तिगत रुपमै सहयोग गरेको बताए । रघुगंगा गाउँपालिका २ भगवती स्थायी घर भएका एयर डाइनेष्टिकका बरिष्ठ पाईलट मल्लले भविस्यमा पनि मन्दिरको दर्शन गर्ने बाचा गरेको बताए । ‘मन्दिरमा दुईपटक यस्तो घटना भयो,‘विधि पुरा नगरेपछि अनिष्ट पनि भएका पुराना घटना समेत सुन्ने गरेका थियौ’ वडा अध्यक्ष सुबेदीले भने ।

उनले विगतमा फिल्मी सुटिङमा आएको टोलीले पुजाआजा नगरी मन्दिर आसपासमा पुगेपछि दिनभरी प्रयास गर्दा समेत नभएपछि पूजा गरिएको बताए । उनले विगतमा विधि नपुगेकै कारण विदेशबाट समेत पूजाकै लागी हजारौं खर्च गरी समेत भक्तजन आएको बताए । पूजा गरेलगत्तै सबै क्यामेराले काम गरेपछि टोलीले सुटिङ गरी फर्किएको बताए । उनले पुजामा विधि नपुग्दा विगतमा समेत मन्दिर आसपासमा दशकौ अगाडी समेत घटना घटेको वडा अध्यक्ष सुबेदीको भनाई छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले हेलिकप्टर स्टाट भएपछि दुईसय बर्ष अगाडी मन्दिरको बाहिर राखिएको ओदानमा बली दिने भाकल गरिएको बताए । बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय बर्ष राज्य सञ्चालन मन्दिरको स्थापना गरेको बताइन्छ । नवदुर्गा, जेष्ठी पूर्णीमा, मंसिर पुर्णीमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने दिने गरिन्छ । यसैबीच हेलिकप्टर स्टाट नभएपछि छिमेकी मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको म्याग्दी खोला हाईड्रोको शिलन्यासमा समेत ढिलाई भएको थियो । मन्त्रीको आगमनमा ढिलाई भएपछि कम्पनीका अध्यक्ष विनोद कुँवरले पहिलो चरणको पूजा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!