वेवारिसे अवस्थामा एक पुरुषको शव फेला, टाउको पोखरीमा, शरीर खेतमा

नेपाल–भारतको सीमानाकामा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतीय मूलका देखिने करिब ३५ वर्षका ती पुरुषको शव नेपाल भारत सिमानाको पिल्लर नम्बर ५१७÷२३ नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शरीरबाट टाउको छिनिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक कमल वेल्वासेले जानकारी दिए । उनका अनुसार शवको टाउको सिद्धार्थनगर नपा १ बेलहियास्थित माछा पोखरीमा र शरीर रोहिणी गापा १ स्थित खेतमा फेला परेको हो ।

पोखरीमा फेला परेको टाउकोमा भारतमा निर्मित एआइयू कम्पनीको ईट्टा बाँधिएको छ । जुन ईट्टा नजिकै निर्माण भइरहेको घरमा प्रयोग भएको छ । टाउको र शरीर करिब ३ सय देखि ५ सय मिटरको दुरीमा फेला परेको हो ।

घाँटी छिनाएर हत्या पश्चात शरीरलाई खेतमा जलाइएको देखिएको छ । नेपाल तर्फ वस्ती टाँढा रहेको छ भने भारततर्फ नजिकै बस्ती छ । फेला परेको शवको सनाखत हुन नसकेको र पोष्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!