प्रियङ्का कार्की अभिनीत चलचित्र ‘अनागत’को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। नायिका प्रियङ्का कार्की अभिनीत चलचित्र ‘अनागत’को टिजर सार्वजनिक भएको छ। २५ जनवरीमा रिलिज हुने चलचित्रमा प्रियङ्का कार्कीसँगै अर्पण थापा, प्रवीण खतिवडा र बालकलाकार रोसिन सुवेदीको मुख्य भूमिका रहेको छ।

माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सले निर्माण साइकोलोजिकल थ्रिलर फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्। फिल्ममा अर्पण थापा र प्रियङ्का कार्की श्रीमान् श्रीमती हुन् , जसले सुखी वैवाहिक जीवन बिताइरहेका छन् । यी दुईको जीवनमा मनोविज्ञानले निम्त्याउने परिस्थितिलाई नै फिल्ममा मनोरन्जनात्मक हिसाबले प्रस्तुत गरिएको छ ।

फिल्म ‘कथा काठमाडौं’को ट्रेलर बिवादमा आएकी प्रियंका कार्कीलाइ यो ट्रेलरले कस्तो असर पार्ने हो त्यो हेर्न त केही समय पर्खनुपर्ला ।

हेर्नुस् टिजर।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!