मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने

काठमाडौँ : सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने भएको छ । मेलामा ग्याजेट पारखीहरुको उल्लेखीय सहभागिता बढेपछि मेला अवधि पुष १० गते क्रिसमससम्म थप गरिएको आयोजकले जनाएको छ ।

उक्त मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने छन् । मोबाइल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा अफर मेलाको आकर्षण रहेको छ ।

९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैयाँदेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ ।

‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ’, सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने, ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा, र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’

मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निशुल्क पार्किङ्गको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्नेछ ।

मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् ।

सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस ,नोकिया ,कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई, डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्यड मोबाइल हबको आकर्षण हुन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!