जनकपुरमा विवाह पञ्चमी महोत्सवको रौनक (फोटो फिचर)

जनकपुरधाम, मंसिर ७ – जनकपुरमा आज राम–सीता विवाह पञ्चमी महोत्सवम धुमधामसँग मनाईंदै छ । सप्ताहव्यापी रुपमा मनाईने विवाह पञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ ।

त्रेता युगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको थियो त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंयम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ । बिहीबार दिउँसो साधु सन्तको अगुवाईमा झाँकी किर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर बाह्रविगाहा रंगभूमि मैदान पुगेर राम र सीताको स्वयमबर गरिएको छ ।

दुवै डोला वाह्रविगाहा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी धुमधामका साथ रामजानकीको स्वयम्बर गरिएको हो । डोलासँगै निस्किेने ढोल पिपही, सहनाई, बैण्ड बजा र पञ्चेबाजाले धुनले झनै रौनकता बढाएको थियो ।  डोलाको दर्शन र राम सीताको स्वयमम्बर हेर्न बाह्रविगाहा मैदानमा हजारौको संख्यामा श्रद्धालुभक्तजनको घँुईचो लागेको थियो । डोलासँगै जिल्लाका प्रशासनिक र सुरक्षा निकायका उच्च पदस्थ व्यक्तित्वहरु समेत सहभागी भएका छन् ।

रामजानकीको स्वयम्बर पश्चात अहिले डोलालाई नगर परिक्रमा गरिदै जानकी मन्दिरमा पु¥याइएको छ । जानकी मन्दिरमा मैथिली संस्कृति अनुसार बेलुका ७ बजेदेखि रातभरि राम र सीताबीच बैबाहिक कार्यक्रम हुने छ । राम र सीताको विवाहको लागि जानकी मन्दिरको प्रांगणमा विवाह मण्डप अर्थात मरबा बनाइएको छ ।

अहिले जानकी मन्दिरलाई नवदुल्ही झै सजाइएको छ । वैवाहिक कार्यक्रममा झाँकी किर्तणसहित सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजन हुने गर्दछ । जसको अवलोकनको लागि हजारौं दर्शनार्थीहरुको जानकी मन्दिरमा भीड लाग्ने गर्दछ ।

यस पटक झण्डै एक दशकदेखि विवाहपञ्चमीमा बन्द भएको हेलिकप्टरबाट पुष्पवृष्टि यस वर्ष गरिएको छ । जसले विवाहपञ्चमी महोत्सवलाई झनै आकर्षक बनाएको छ । पुष्पवृष्टि समेत भएपछि विवाहपञ्चमी मेलामा सहभागी दर्शनार्थीहरु झनै खुसी भएका छन् ।

यस्तो छ जनकपुरमा विवाह पञ्चमी महोत्सवको रौनक (फोटो फिचर)

बैवाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दछन् ।

सप्ताह व्यापी रुपमा मनाईने रामजानकी विवाहपञ्चमी महोत्सको पहिलो दिन फुलवारी लिला, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भइसकेको छ । त्यस्तै स्वयम्बर पनि बाह्रविगाहा मैदानमा भएको छ । राति रामाजानकीको विवाहको कार्यक्रम समापन पश्चात भोलि रामकलेवा गरी जन्ती एवं साधुशन्तालाई विदाई गर्दै विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिनुभयो ।

विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु विभिन्न स्थानहरुमा आयोजन भएको संस्कृतिक कार्यक्रममा सहभागी हुँदै रमाउने गर्दछन् । मिथिलाको लोप हुन लागेको कला संंस्कृतिहरुको झझल्को दिने जस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाइन्छ । यसमा बालबालिकाहरुलाई, राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन, झाँकी, नाचागान, भजनकिर्तन र भगवानको रुपमा पूजाआजा समेत गन्छि । यसले श्रद्धालुहरुलाई निकै उत्साहित बनाउने गर्दछन् ।

यस्तो छ जनकपुरमा विवाह पञ्चमी महोत्सवको रौनक (फोटो फिचर)

विवाह पञ्चमीमा कुनै अप्रिय गतिविधि हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यस्तै चुनावको मुखमै विवाह पञ्चमी महोत्सव पर पनि त्यसले खासै असर पारेको भने देखिदैन ।

बाहिरबाट आएका श्रद्धालु भक्तजनका लागि विभिन्न संघसंस्था तथा स्थानीय क्लबहरुले निःशुल्क आवास, भोजन, उपचारको व्यवस्था गरेका छन् । शैलेन्द्र महतो/उज्यालो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!