डोमा थापाको अमेरिकामा समाज सेवा, १४ बालबालिका पाल्दै !

अमेरिकाको बर्लिङटनमा स्थायी बसोबास गर्दै आउनु भएकी डोमा थापाले नेपालमा असहाय,अनाथ भएका बालबालिकाको पालनपोषण गरिरहनु भएको छ ।

अमेरिकामा ब्यूटी पार्लर सञ्चालन गरिरहनु भएका थापाले नेपालको चितवनमा १४ जना असहाय अनाथ भएका बालबालिकाहरुको पालन पोषण गरिरहनु भएको हो ।

भुटानमा जन्मिनु भएकी थापा नेपालमा १८ बर्षसम्म शरणार्थी भएर बस्नु भयो । ९ बर्षको उमेरमा घरको मुख्य सहारा बुबा गुमाउनु परेकाे र अाफ्नाे अामाले पनि सानाे हुँदा छाेडेर गए पछि थापाले पनि अनाथकाे जिन्दगी बिताएर धेरै दुखा कष्ट सहेर अाफ्नाे बाल्यकालमा पाएको दुख सम्झिदै चितवनका असहाय अनाथ बालबालिकालाई पालन पोषण गरेको बताउनु हुन्छ ।

अमेरिका पुर्नवास भए पछि १० बर्ष अगाडी छुटिएकाे अामा संग भेट भएर उहाँ अहिले आमा र एक जना भाई सँग बसोबास गरिरहनु भएको छ ।

ब्यूटिसियन थापाले अमेरिकामा पार्लर चलाएर आफुले कमाएको पैंसा नेपाल पठाउनु हुन्छ । चितवनमा रहेका १५ जना बालबालिकाको पालन पोषण, पढाई लेखाई, लत्ता कपडा सबै समाजसेवी थापाले नै उपलब्ध गराउँदै आउनु भएको छ ।

नेपालमा भुटानी शरणार्थी भएर बस्दा खाने कुरा नभएर कति रात भोकै बसेको अतितलाई सम्झिदै उहाँले कोही असहाय, अपांगता भएका वा गरिब वर्गहरु भोकै बस्नु नपरोस भन्ने उद्देश्यले आफुले कमाएको ठूलो रकम समाजसेवामा लगाएको बताउनु भयो ।

उहाँ अमेरिकामा बसोबास गर्नु भएपनि चितवनमा रहेका बालबालिकासँग उहाँले नियमित सम्पर्क गरिरहनु हुन्छ । बालबालिकाकालाई कुनै गाह्रो, साह्रो परेमा तुरुन्त उहाँले गर्नुपर्ने सहयोग गर्ने गर्नु भएको छ ।

उहाँले बालबालिकाको बारे थप केही नयाँ काम गर्न आफै पनि नेपाल जाने गर्नु भएको छ ।अाँउदाे दिनमा भूटानी शरणार्थी क्यम्पमा रहेकाे सहारा बिन बाल बालिकाकाे निम्ति सहयाेग गर्ने बताउनु भएकाे छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!