मंसिर ७ – विदेशी सवारी चालकले दुई पटक ट्राफिक नियम उल्लङ्घन गरेमा कुवेतले देश निकाला गर्ने भएको छ ।
चालककले दुईपटक फोन प्रयोग गर्दै र सिटबेल्ट नबाँधी गाडी चलाएको पाइएमा देश निकाला गर्ने कुवेत प्रहरीले जनाएको छ ।
कुवेतको ट्राफिक कानूनको धारा २०७ ले ट्राफिक नियम उल्लङ्घन गर्ने र सामाजिक सुरक्षामा खलल पार्नेलाई देश निकाला गर्ने अधिकार गृह मन्त्रालयलाई दिइएको उल्लेख गर्दै सचेत भएर सवारी चलाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्