चेल्सी सेमिफाइनल पुग्दा बोर्नमाउथको सपना चकानचुर

काठमाडौं । चेल्सी लिग कप (इएफएल कप) अर्थात काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको क्वाटरफाइनलमा बोर्नमाउथलाई हराउँदै चेल्सी सेमिफाइनल प्रवेश गरेको हो ।

चेल्सीको जितका लागि इडन हजार्डले खेलको अन्त्यतिर ८४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । चेल्सीको जितसँगै कुनै पनि प्रमुख कप वा प्रतिस्पर्धाको पहिलोपटक सेमिफाइनलमा पुग्ने बोर्नमाउथको सपना टुट्यो । अब फाइनल प्रवेशका लागि चेल्सीले टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनललाई २–० ले हराएर टोटनह्यामले पनि अन्तिम चारमा स्थान बनाएको छ । अर्को सेमिफाइनलमा साबिक विजेता म्यानचेस्टर सिटीले लिग वान क्लब बुर्टनसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!