युवती संगै सिटमा बस्न आइन् भनेर मख्ख नपर्नु, एकपटक यो पढनुस्

काठमाडौं, ५ पुष । सार्वजनिक बसमा यात्रा गर्दा संगै सिटमा सुन्दर युवती बस्न आइन् भने मख्ख पर्ने युवकहरुका लागि नराम्रो खबर छ । काठमाडौंमा सुन्दर युवती ग्याङ्ग बनाएर पाकेटमारमा संलग्न भएको खुलेको छ । प्रहरीले काठमाडौंमा गरेको विशेष सर्च अभियानमा यस्तो कुरा खुलेको हो । काठमाण्डौमा पाकेटमारमा संलग्न भएका ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसमा सुन्दर युवतीहरु पनि छन् । प्रहरीले एउटै ग्याङ्गमा सहभागी त्यस्ता चार युवतीलाई पनि पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार युवतीहरुले ग्याङ नै बनाएर लुट्दै आएका थिए। नियन्त्रणमा लिइएका चारै जना एउटै समूहका रहेको प्रहरीको दावी छ। उनीहरू चाबहिल, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा चल्ने सार्वजनिक सवारी, पसल र भिडभाडमा सक्रिय हुने गरेको डिएसपी बोगटीले बताए।

प्रहरीलाई उनीहरुले दिएको बयानमा पकेट मार्नु ‘वाध्यताु भनेका छन्। आठरनौं कक्षासम्म पढेपछि काठमाडौँ आएका उनीहरूले राम्रो काम नपाउँदा यो पकेटमारीमा लागेको देखिएको प्रहरीले जनाएको छ। प्रहरीलाई दिएको बयानमा उनीहरूले भनेका छन्,’राम्रो काम पाइएन। काठमाडौँमा बाच्न सबैभन्दा राम्रो काम ठगी नै हो भनेर लागियो।’

उनीहरूले दैनिक १० हजारदेखि १ लाख रुपैयाँसम्म चोरी तथा पकेटमार गर्ने गरेको बताएका छन्। ‘दैनिक १० हजारदेखि १ लाख रुपैयाँसम्म चोरेको बुझियो। कुनै पनि दिन खाली हात नहुने उनीहरूले नै बताएका छन्,’ बोगटीले बताए।

चोरीमा शङ्का नहोस् भनेर उनीहरू चिटिक्क परेको कपडा र सुहाउँदो मेकअपमा सक्रिय हुने गरेका थिए। मानिसले शंका नगरुन भनेर बच्चा समेत बोकेर पकेट मार्ने गरेको खुलेको छ। राम्री युवती देख्दैमा बुझ्दै नबुझी चाँडै नजिक नहुन समेत प्रहरीले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!