आमालाई खोज्न कश्मिरबाट काठमाडौं आएकी चेलिले आमा र बहिनीलाई भेटिन्

काठमाडौं । गएको कार्यक्रममा काठमाडौंमा आफ्नी आमालाई खोजिरहेकी कश्मिरकी मेहेक बानुको कथा देखायौं । मेहकको रिपोर्ट प्रशारण गरेको भोलिपल्ट उनकी आमा र बहिनीसँग उनको भेट भएको छ । ठाउँ ठेगाना नम्वर केही नभएपनि ११ वर्ष पुरानो फोटो देखाउदै उनी सडकमा आफनी आमा खोजिरहेको देखेपछि हाम्रा कसै दर्शकले उनलाई हाम्रो कार्यालय पु¥याई दिएका थिए ।
आमालाई खोज्न यसरी कश्मिरबाट छोरी आएको थाहा पाएपछि पक्कै पनि आफुलाई भेट्ने उनको विश्वास थियो ।

कार्यक्रममा मेहक आफ्नी आमा खोज्दै काठमाडौंमा भौतारिरहेकी रिपोर्ट प्रशारण गरेकोे भोलिपल्ट नै उनकी आमा र बहिनी मेहकलाई खोज्दै हाम्रो कार्यालय आए । सुुरुमा त आमा र छोरीले एक अर्कालाई हेरा हेर मात्रै गरे । मेहेककी आमाले टिभिमा देखेका कारण आफ्नी छोरी भनि चिनेपनि सानैमा कस्मिर गएकी मेहेक दुई छोराकी आमा बनिसकेको उनलाई थाहै थिएन् ।

मेहेकले आफ्नी आमा र बहिनीलाई भेटिरहँदा कार्यक्रममा सीधाकुरामा उनको रिपोर्ट पुनः प्रशारण भइरहेको थियो । कसैले कश्मिरबाट आमा खोज्दै मेहेक आएको भनि टिभिले देखाएको भनेपछि बिहान देखि आमा र छोरी युट्वमा हाम्रो कार्यक्रम हेरिरहेका रहेछन् ।

नेपालमा बस्ने कि भारतमा बस्ने भनि श्रीमान श्रीमतिबीच झगडा भएपछि मेहेका बुवाले आफ्नी दुईटै छोरी लगेर भारत जाँदा सुनौलीमा आमाको दुध छुटाएकी कान्छि छोरी रोएपछि उनलाई फिर्ता गरिएको रहेछ । पछि भारतमा जेठी छोरी बुबाले लैजाने र कान्छि छोरी आमाले राख्ने सहमति भएपछि मेहेक बुवासँंग बस्न बाध्य भएकी थिईन ।

मेहेकसँंगको भेटमा पहिलो पटक उनकी आमाले आफ्नो श्रीमान बितेको र छोरीको बिवाह भएर दुईओटा छोरा पाएको थाहा पाएकी थिईन् । आफ्नी आमा र बहिनीलाई भेटेपटि मेहेक खुसी हुदै उनिहरुसँगै गईन् । आमाले माने आमा र बहिनीलाई आफैसँग लैजाने उनको ईच्छा छ ।

एउटै बुवा आमाका दुई छोरी अलग अलग देशमा जन्मिए र हुर्किए । खानपिन, बोली भाषा नमिले पनि उनीहरुको मन एउटै छ । बर्षौंपछि एक अर्कालाई भेटका उनीहरुको खुसीमा सीमा नै छैन । श्रोत न्युज २४

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!