दुखत खबर : दाङमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

विपक्षी दलका नेता देउवाले आज शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका हुन् । साथै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो। ११ जना घाइते भएका छन् ।

घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!