त्रिचन्द्र कलेजमा आगलागी, १२ लाखको क्षति

काठमाडौं – दरबारमार्गमा रहेको त्रिचन्द्र कलेजमा लागेको आगो निभाइएको छ ।

आगो ताप्न बालेको दाउराबाट बिजुलीको तारमा आगो सल्किएपछि जेनेरेटर सर्ट भएर आगलागी भएको प्रहरी वृत्त दरबारमार्गका प्रमुख डीएसपी दानबहादुर मल्लले जानकारी दिनुभयो ।

unn.prixa.net

दमकलको सहायताले आगो निभाइएको प्रहरीले जनाएको छ । जेनेरेटर जल्दा झण्डै १२ लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी दुई तला भएको भुइँ कोठामा लागेको मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!