झापाका सागर जस्ले काेरेकाे निर्मलाकाे तस्विर भाइरल भयाे तर उनी ओझेलमा परे

 रोसन भट्टराई,
उमेरले २२ वर्ष मात्र पुगेका सागर चित्रकलाकै माध्यमले यतिबेला सामाजिक संजालमा समेत भाइरल हुदैँ छन् । वि.सं. २०६९ सालमा एसएलसी पास भई अष्ट्रेलिया जाने सपना देख्दै आयस्ल कोर्स गरेर काठमाण्डौ तर्फ लागेका सागर आर्थिक समस्याले गर्दा आफ्नो सपनाको आहुती दिंदै केही वर्ष पछि झापा नै फर्किएका थिए ।

अष्ट्रेलिया जाने सपना पुरा नभएपछि कही दिन यता उता भौतारिरहेका सागरले एक्कासी बचपनमा आफूँले विद्यालयमा विभिन्न किसिमका चित्रहरु बनाएको र सबैले उक्त चित्रहरुको प्रशंसा गरेको संझे ।

त्यसपछि आफ््न्त पर्ने एक जना बहिनीको चित्र बनाएर फेसबुकमा पोष्ट गरेपछि धेरैले मनपराएर आफ्नो पनि बनाइदिने आग्रह गरेपछि यस पेशाले आफूँतिर तानेको उनी बताउँछन् । सामान्य तस्विर बनाउन त सजिलो नै हुने गर्दछ तर झापामा चित्रकला प्रशिक्षण केन्द्र नभएकाले अरु अरु संग प्रतिस्पर्धा गर्न केही असहज भएको उनले गुनासो समेत व्यक्त गरेका छन् ।

कुनै पनि वस्तु लाई कपीको पन्नमा मात्र नभएर अन्य ठाउँमा पनि जस्ताको तस्तै उर्तान सक्ने कलानै चित्रकला हो भन्ने सागरले एउटा सामान्य मानिसको चित्र बनाउन ५ देखि ८ घन्टा सम्म लाग्ने गरेको बताए । उनले भने ‘कुनै कुनै चित्रमा धेरै बुट्टा तथा रंगहरु बनाउनु पर्छ त्यसैले त्यस्तै किसिमको चित्र बनाउन अलिक समय लाग्छ । तर सामान्य चित्र त ४÷५ घन्टामा बनिने गर्दछ ।

यतिबेला उन्ले एउटा सामान्य तस्विर बनाएको १००० देखि ३००० सम्म लिने गरेका छन् । चित्र बनाउँदा चाहिने सामग्रीहरु अत्यन्तै महंगो भएको तथा परिवारमा चरम आर्थिक अभाव भएका कारण झापा बसेर चित्रकलामात्र गर्दैमा परिवार पाल्न नसकिने भएकोले आफूँ अब केही समय पश्चात कोरिया जाने सोचमा रहेको बताउँदै आफूँ जहाँ रहे पनि यस पेशालाई नछोड्ने उनले बताएका छन् ।

उनले पछिल्लो समय सामान्य चित्रहरुमात्र नभएर थ्रि डी चित्रहरु पनि बनाउने गरेका छन् ।

यस्ता सीप तथा क्षमता भएका युवाहरु नेपालमा केही गर्न सकिन्दैन भन्ने सोच राखेर विदेश पलायन हुनु देशका लागि दुःखको कुरा हो ।

यस्ता दक्ष युवाहरुलाई स्वदेशमानै प्रयोग गर्न सकेको खण्डमा मात्र संवृद्ध नेपाल सुःखी नेपालीको अवधारण सफल हुने भएकाले राज्यले यस तर्फ ध्यान दिन जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!