रबि ओडले नेपाल आईडल–२ जीतेकोमा बैतडीमा दिपावली

बैतडी । चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल सिजन–२’ को उपाधि सुदूरपश्चिमका रवि ओडले जितेको खुसीयालीमा बैतडीमा शनिबार साँझ दीपावली गरिएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन बैतडीको आयोजनामा सतबाँझ बजार र सिल्लेगाडा बजारमा दिपावली गरिएको हो ।

रबि ओडले नेपाल आईडल–२ जीतेकोमा बैतडीमा दिपावली

रविले जितेको खुसीयालीमा दीप प्रज्वलन गरी विजयउत्सव मनाईएको अखिल बैतडीका जिल्ला अध्यक्ष भुवन कार्कीले बताए । रविले देशभर बाट आएका सयौँ प्रतिस्प्रर्धीलाई पछाडी पार्दै सुदूरपश्चिमको नाम राख्न सफल भएको भनी दीपावली गरिएको अखिलका नरेन्द्र बिष्टले बताए ।

शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका रबि ओडले उपाधि जितेका थिए । नेपाल आइडलको उपाधि जितेसँगै रविले २२ लाख रुपयाँ, कार र गोल्डेन ट्रफी हात पारेका हुन् । आइडलको फस्र्ट रनरअप कास्कीका विक्रम बराल, सेकेण्ड रनरअप झापाका सुमित पाठक र थर्ड रनरअप पनि झापाकै अस्मीता अधिकारी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!