प्रहरी निरीक्षक अधिकारीले पत्रकारको क्यामरा खोसेर भने : तैले मलाई नसोधी किन भिडियो खिचिस्

मोरङ – जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक निभेष अधिकारीले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको सरसफाईको अवस्थाको रिपोर्टिङ गर्न जाने क्रममा उनले आइतबार दिउँसो २ बजे पत्रकार सुमन सूस्केरा तिमल्सिनाको क्यामेर खोसेका हुन् । उनले कार्यालयको भिडियो किन खिचेको भन्दै दुर्व्यवहार समेत गरेका छन् ।

सरकारी कार्यालयमा हुने अवैध गतिविधिको र त्यहाँभित्र हुने स्वस्थ्य र सरसफाईको विषयमा रिपोर्टिङ गर्न त्यहाँ पुगेका पत्रकार सूस्केरामाथि निरीक्षक अधिकारीले क्यामेरा खोसेर फोटो समेत डिलिट गरिदिएका हुन । निरीक्षक अधिकारीले पत्रकार सूस्केरालाई ब्यारेकमा लगेर उनीसँग भएको क्यामेरा खोसेर क्यामेरामा भएको फोटाहरु सबै डिलिट गरिदिएका हुन् ।

एसपी राजन अधिकारी ब्यस्त भएपछि कार्यालयको भिडियो खिचेर त्यहाँको सरसफाई, फोहोर राख्ने डस्टबिनको फोटो खिचेर प्रहरी निरीक्षक निभेष अधिकारीलेले बोलाएपछि सूस्केराले अधिकारीसँग भेटेका थिए ।

सुरुमा सकारात्मक रुपमा लिएका अधिकारीले एक व्यक्तिले उनीसँग पैसाको कुरा गर्न आएपछि उनी सूस्केराप्रति नकारात्मक बनेको थिए । गाडी दुर्घटनाको विषयमा कुरा गर्न आएका एक सेवाग्राहीसँग उनले पैसाको बार्गेनिङ गरेको कुरा थाहा पाएपछि अधिकारी नकारात्मक देखिएको पत्रकार सूस्केराले बताए ।

‘प्रहरी निरीक्षक अधिकारीले मसँग कुरा गरिरहेका थिए’, पत्रकार सूस्केराले भने, ‘त्यही बेला एकजना व्यक्ति पैसाको कुरा गर्दै आए, हामीलाई पैसा नदिँदासम्म काम हुँदैन भन्नेसम्मको कुरा भएको केहीबेर पछि उनी मप्रति नकारात्मक देखिए ।’

भर्खरै सरुवा भएर आएका निभेष अधिकारी मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक हुन् । विराटचोक घर भएका अधिकारीले पछिल्लो समय सेटिङमा मात्र काम गर्ने गरेको सेवाग्राहीको आरोप छ ।

उनले सवारी दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै मोटो रकम लिने गरेको गुनासो स्थानीयवासीले गरेको पत्रकार सूस्केराले बताएका छन् । उनी आएदेखि नै सर्वसाधारणले काममा समस्या हुने गरेको समेत बताएका छन् ।

अधिकारीले पत्रकार सूस्केरालाई ‘तैले खिचेको भिडियो राम्रो भए पनि मलाई नसोधी किन खिचिस्’ भन्दै हप्काएको र आक्रोशित भएको पत्रकार सूस्केराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!