दाङ तनावग्रस्त, अश्रुग्यास हानेर शव उठाइयो

दाङ । दाङको घोराहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनिरेहेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित घोराही हस्पिटल नजिकै बसले ठक्कर दिँदा स्कुटर चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखालीका २९ वर्षीय मेघराज पुनमगरको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १

९७४ नम्बरको स्कुटरलाई सोमबार ठक्कर दिँदा पुनमगरको मृत्यु भएको हो ।

स्कुटरको पछाडि बसेका फुर्सेखालीकै २४ वर्षीय महेश बुढामगर घाइते भएका छन् । घाइते बुढाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बसले स्कुटरलाई ठक्कर दिएर पुुनमगरको मृत्यु भएपछि पीडित र स्थानीयहरुले बस चालकको लापर्वाहीले दुर्घटना भएको भन्दै बस तोडफोडसहित शव समेत उठाउन दिएका थिएनन् ।प्रहरीले एक दर्जन अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पारेको छ ।

शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ भने बसलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । ठक्कर दिने बसका चालकलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!