अमितको कोठामा पुग्दा भेटिए पुष्पन ! स्व.दाईको कुरा गर्दा भावुक भए |

काठमाडौँ। यथार्थपरक गीतमा आफ्नो स्वर दिएर नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल गायक तथा सङ्गीतकार हुन् पुष्पन प्रधान। उनी भारतमा जन्मिएर पनि नेपाली सङ्गीतलाई आफ्नो योगदान दिंदैछन्।

उनले स्वर दिएका गीतले वास्तविक जीवन भोगाइको कुरा बोल्छ। पछिल्लो समय नेपाल आइडलबाट उनी चर्चामा छन्। नेपाल आइडलका टप ६ प्रतियोगी अमित बरालले उनको गीत गाएपछि उनको चर्चा चुलिएको छ। तर उनी नेपाली गीत सङ्गीतमा विगत १९ वर्षदेखि सक्रिय छन्।

विभिन्न मिडियासँगको कुराकानीमा उनले अमित आफ्नो विधाता भएर आएको बताउने गरेका छन्। उनले अमितसँग साङ्गीतिक सहकार्य गर्न घोषणा पनि गरिसकेका छन्। हेर्नुस् अमित र पुष्पनसँग गरिएको कुराकानी।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!