चलचित्र ‘रुमालै छ चिनो’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘रुमालै छ चिनो’ को ट्रेलर सार्वजनिक भएको छ। नेपाली लाउरेहरुको कथा बोल्ने यस ट्रेलरमा नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन्।

यसभन्दा अघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गीत सार्वजनिक भएको थियो। कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गीत ‘रुमालै छ चिनो’ बाट यस चलचित्रको नाम राखिएको हो। जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो।

चलचित्रको कथा बस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने चलचित्रमा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ।

ज्वोती फिल्मसको ब्यानरमा बनेको यस चलचित्रलाई चन्द्र ब खड्का, दीपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा लगानी गरेका छन्। यस चलचित्रलाई निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन् भने चलचित्र फागुन १० देखि प्रदर्शनमा आउदैछ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!