सम्भावना भएकी सारालाई हिट ब्यानरको खाँचो

नायिका सारा सिर्पाइलीको फिल्म क्षेत्रमा अभिनय र सौन्दर्यको चर्चा हुने गर्दछ । ‘रुद्र’, ‘पिंजडा ब्याक अगेन’ र ‘सुश्री सम्पत्ती’ गरी तीन फिल्ममा अभिनय गरिसकेकी साराले सफलताको स्वाद भने चाख्न पाएकी छैनन् ।

राम्रो लुक्स भएकी सारालाई सम्भावना भएकी नायिकाको रुपमा हेरिएको छ । तर विडम्वना साराले खेलेका सबै फिल्म फ्लप भए । बरु डब गरेको फिल्म ‘लिलिबिली’ हिट मानियो । सोही फिल्मबाट जसिता गुरुंगको फिल्ममा माग बढ्दो छ । सौन्दर्य र अभिनयको चर्चा हुँदा हुँदै पनि खेलेका फिल्म सफल नहुँदा सारालाई सकस भैरहेको छ । एउटा पनि फिल्म हिट नहुँदा साराको करियर अप्ठ्यारोमा परेको फिल्म नगरीमा विश्लेषण हुन थालेको छ ।

साराले राम्रो ब्यानरको फिल्म नपाएर हिट हुन नसकेको धेरैको भनाई छ । पछिल्लो समय नायक अनमोल केसी सँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी साराले खेलेको फिल्म कहिले हिट होला ? साराले हिट ब्यानरको फिल्म कहिले पाउने ?

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!