दाङको टरिगाउँ विमानस्थलमा बिहीबारदेखि दैनिक हवाई सेवा सञ्चालन हुने

दाङ – नियमित हुन नसकेको दाङको टरिगाउँ विमानस्थलमा बिहीबारदेखि दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ । पुस १२ गतेदेखि तुलसीपुरमा दैनिक हवाई सेवा सञ्चालन हुने नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाले जानकारी दिनुभयो ।

unn.prixa.net

विभिन्न कारण देखाउँदै पटकपटक सञ्चालन हुने र बन्द हुने गरेको टरिगाउँ विमानस्थल पुस १२ देखि सञ्चालनमा आउने तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिनुभयो । विमानस्थलमा आधुनिक यात्रु प्रतिक्षालय (टर्मिनल भवन) पनि बन्ने उपमहानगरपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!