राष्ट्रिय पर्वको सूचीबाट ‘तमु ल्होसार’ हटाइएको गुरुङ जातिको प्रदर्शन

गलेश्वर । गुरुङ जातिको महान् पर्व तमु ल्होसार राष्ट्रिय पर्वको सूचीबाट हटाइएकोप्रति म्याग्दीमा विरोध प्रदर्शन गरिएको छ। आज नेपाल गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमितिले विविध कार्यक्रमसहित विरोध प्रदर्शन गरेको हो।

आफूहरुको माग संस्थागत नहुँदासम्म विभिन्न खाले आन्दोलनलाई जारी राख्ने परिषद्का अध्यक्ष चक्रबहादुर गरुङले चेतावनी दिए।

परिषद्का पूर्वअध्यक्ष देवबहादुर घलेले राज्यले आफूहरुलाई अन्याय गरेको बताए। कार्यक्रममा जिल्ला उपाध्यक्ष विष्णु गुरुङ, सदस्य बोमबहादुर गुरुङ, एकाई दरबाङकी सुनमाया गुरुङलगायतले आफूहरुको पर्व पुनःस्थापित गरी न्याय दिन र सबै जातजातिको भाषा, कला, पर्व, संस्कृतिलाई सम्मान गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम शुरु हुनुपूर्व र्याली गरी बेनीबजार परिक्रममा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!