म्याग्दीका गोविन्दले बागलुङमा झुण्डिएर आत्महत्या गरे

बागलुङ नगरपालिका उपल्लाचौरमा एक जना युवकले आत्महत्या गरेका छन् । म्याग्दी जिल्ला बेनी नगपालिका–९ तोरिपानी घरभई हाल बानपा ४ उपल्लाचौर डेरामा बस्ने अन्दाजी वर्ष २१ का गोविन्द (रविन) रिजालले बुधबार दिउँसो ३ बजेको समयमा आफु बस्ने कोठाको सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरे का हुन् । म्याग्दीबाट उच्च शिक्षा लिएर जापानीज भाषा कक्षाका लागी बागलुङमा बस्दै आएका रिजालले आत्महत्या गर्नु अगाडी लामो समयसम्म जापानमा रहेकी प्रेमिका संग टेलिफोनमा संवाद गरेको बुझिएको छ ।

दुवै बीच चर्काचर्की भएपछि रिजालले आत्महत्याको बाटो रोजेको हुनसक्ने बागलुङ प्रहरीका सई नारायण पौडेलले बेनीअनलाइनलाई बताए । उनका अनुसार घटनास्थलमा तत्कालै आवेकमा आएर आत्महत्या गरेजस्तो देखिएको बताए । उनका अनुसार घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रनि परशुराम मल्लको कमाण्डमा खटी गएको प्रहरी टोलीले मृतकका बुबा शेखर रिजाललाई खबर गरिएको थियो । घटनाको अनुसन्धान भइरहेको छ । मृतकको शव अञ्चल अस्पतालमा बिहिबार पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने जनाइएको छ । पछिल्लो समय तत्कालै आवेगमा आएर आत्महत्या गर्ने डरलाग्दो समस्या देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!