निर्मलाको हत्यारा हो भन भन्दै लठ्ठीले पैताला र तिक्रामा हाने

निर्मला पन्तका दोषी भनिएका प्रदीप रावल र विशाल चौधरी सिधाकुरामा । आज राति ८:४५ बजे कार्यक्रम सिधा कुरा जनतासंगमा ।

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।

छुटेपछि रावले प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरको भनेर बयान दिएको उनले बताए ।

‘पैतालामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने, ’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!