ओलि सरकार को अर्को चमत्कार ! जनताको सेवामा ३०० बस !!

पुष १२, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चलाउन आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

‘नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ’ मन्त्री बास्कोटाले भने । बस खरिदका लागि प्रक्रिया अघि बढाउने नीतिगत निर्णय लिइएको जानकारी दिएका हुन् ।

काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिए ।

त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!